मतदानमा हिँडेका प्रदेश सांसद सवार गाडी दुर्घटना

काठमाडौं । राष्ट्रियसभा चुनावमा मतदानका लागि हिँडेका एक प्रदेश सांसद दुर्घटनामा परेका छन् । लुम्बिनी प्रदेश सभाका सांसद तुलसीप्रसाद चौधरी बुधबार बिहान दुर्घटनामा परेका हुन् ।

सांसद चौधरी सवार गाडी ट्रकसँग ठोक्किँदा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । उनको हातमा चोट लागेको र अवस्था सामान्य रहेको बताइएको छ ।

रूपन्देही क्षेत्र नम्बर ३ (ख) का सांसद चौधरी मतदानका लागि घोराही जाने क्रममा दुर्घटनामा परेका हुन् ।

चौधरी सवार बा २ झ ३४४४ नम्बरको स्कारपियोलाई  सुदूरपश्चिम प्रदेश ०१–००११ १ ख २५८४ नम्बरको ट्रकले ठक्कर दिएको हो ।