काठमाडौंको शंखरापुरमा एक दम्पती मृत फेला

काठमाडौं । काठमाडौंमा शंखरापुरमा एक दम्पती मृत फेला परेका छन् ।

शंखरापुर नगरपालिका–३, बोझेनीमा बुधबार राति सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ मृतावस्थामा भेटिएको प्रहरी सहायक निरीक्षक सञ्जय स्याङ्बोले जनाकारी दिए ।

उनका अनुसार आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएर मृत्यु भएको अनुमान गरिएको छ । प्रहरी अहिले घटनास्थलमा रहेको र थप अनुसन्धान गरिरहेको स्याङ्बोको भनाइ छ ।