प्रदेश एकको नामाकरण छिटै टुङ्गिन्छ – मुख्यमन्त्री राई

इटहरी । प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश एकको नामाकरण गर्ने काम छिट्टै टुङ्गिने बताएका छन् ।

नेपाल टेलिभिजन इटहरीबाट आइतबार पुनः प्रशारण हुन लागेको जनतासँग मुख्यमन्त्री कार्यक्रमको नयाँ अंकमा बोल्दै मुख्यमन्त्री राईले प्रदेश नामाकरणको विषयमा प्रदेश सरकार आँफै सक्रिय भएर लाग्ने समेत बताए ।

प्रदेशको नामाकरणको विषय सरकारको विषय नभई संसदको विषय भएता पनि प्रदेशका मन्त्रीलाई नै जिम्मेवारी दिएर प्रदेशको नामाकरणको विषयमा औपचारिक अनौपचारिक छलफललाई अगाडी बढाउने बताए । प्रदेश एक सरकारले अव चाँडै हिउँदे अधिवेसन

आव्हान गरेर प्रदेश नामाकरणको प्रस्तावलाई अगाडी बढाउने योजना बनाएको मुख्यमन्त्री राईले बताएका छन् ।

“हिउँदै अधिवेसन शुरु हुनासाथ केहि ऐन कानुन सम्बन्धि प्रस्तावहरु पेश हुन्छन् त्यसपछि प्रदेश नामाकरणको विषयालई प्रवेश गराउँछौँ ।” –राइले भने ।

महिनाको १६ र ३० गते प्रशारण हुने कार्यक्रम जनतासँग मुख्यमन्त्रीको पछिल्लो अंक आइतबार(आज) साँझ ८ः५० बजे नेपाल टेलिभिजन इटहरी च्यानलबाट प्रशारण हुने छ ।