कोरोना संक्रमणबाट थप १२ जनाको मृत्‍यु, ३,६३७ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १२ जना संक्रमित बिरामीको मृत्यु भएको छ। त्यस्तै, देशभर ११ हजार पाँच सय ८२ जनाको कोरोना परीक्षण गर्दा थप ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसै समय अवधिमा ७ हजार पाँच सय ४४ जना कोरोनामुक्त भएका छन्। आज नयाँ संक्रमित भन्दा निको हुनेको संख्या तीन हजार ९०७  ले बढी छ।

त्यस्तै, उपत्यकामध्ये काठमाडौंमा ८६८, भक्तपुरमा १७० र ललितपुरमा ८५ जना गरी कुल ११ सय २३ जनामा संक्रमण पुष्टि भएको छ।