वेस्टइन्डिजविरूद्ध हुने सिरिजअघि भारतका ४ खेलाडीसहित ७ जनालाई कोरोना

वेस्टइन्डिजविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि राष्ट्रिय टोलीमा रहेका भारतका ४ खेलाडीसहित ७ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ।

घरेलु मैदानमा वेस्ट इन्डिजविरूद्ध हुने सिरिजअघि भारतका प्रमुख खेलाडीहरू शिखर धवन, श्रेयस अय्यर, ऋतुराज गायकवाड र नभदिप सैनीसहहित आधा दर्जन खेलाडीलाई कोभिड-१९ को संक्रमण देखिएको हो।

कोभिड संक्रमित खेलाडीसँगै फिल्डिङ प्रशिक्षक टी दिलिप, सेक्युरिटी लाइसन अफिसर बी लोकेश र फिजिओ राजिव कुमार संक्रमित भएपछि अहमदाबादको क्वारेन्टिनमा बसेका छन्।

बिसीसीआईका अनुसार उनीहरूको जनवरी ३१ मा गरेको परीक्षणबाट पोजेटिभ देखिएको हो।

गत साता नै अहमदावाद आइपुगेको भारतीय टोली र बुधबार आइपुगेको वेष्टइन्डिजको टोली एकै होटलमा बसेका छन्।

भारतले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध ३ खेलको एकदिवसीय र ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय फेब्रुअरी ६ बाट सुरु हुनेछ । यस्तै फेब्रुअरी १६ मा पहिलो टी-ट्वान्टी हुनेछ ।

बीसीसीआईले यसअघि नै रोहित शर्माको कप्तानीमा सिरिजका लागि टोली घोषणा गरिसकेको छ।

पश्चिम बंगला सरकारले रंगशालामा ७५ प्रतिशत दर्शक राखेर खेल खेलाउन अनुमति दिइसकेको छ।