एसएस फुटवेयरको आगो ५ घण्टापछि निभ्यो, साढे ८ करोडको क्षति

काँकरभिट्टा । काँकरभिट्टाको एसएस फुटवेयरमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको छ । बिहिबार बिहान १२ वजे सो उद्योगमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको हो ।

मेचीनगर–६ का श्याम पिन्टुको जुत्ता उद्योगमा विद्युतसर्ट भई लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी सुनिलसिंह दाहालले बताए ।

‘उद्योगभित्र रहेको जुक्ता बनाउने कच्चा पदार्थ, रेडिमेड जुक्ता, केमिकल लगायतका सामान पूर्णरुपमा नष्ट भएको छ’, डिएसपी दाहालले भने–‘भवनको चारैतिरको भाग अधिकांश जलेको छ साढे ८ करोड क्षति भएको अनुमान गर्न सकिन्छ ।’

भारतबाट आएका ३ वटा दमकल गईसकेको छ भने र झापा र मोरङका १० वटा दमकल फर्किने क्रममा रहेको बताइएको छ । आगलागी नियन्त्रणका लागी प्रयोग गरिदै आएको मेचीनगर नगरपालिकाको दमकल भने लामो समयदेखि बिग्रिएर थन्कीएको छ ।