भद्रपुरमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ

भद्रपुर । भद्रपुरमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर-६ का २४ वर्षीय मुगालाल माझी रहेकाे प्रहरी कार्यालय झापाले जनाएको छ ।  गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी निरीक्षक दलकुमार राईसहितकाे टोलीले नयाँ बस्तीमा माझीकाे घरमा खानतलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको हो ।

कटुवा पेस्तोल सहित पक्राउ परेका माझीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भईरहेको छ ।