चक्कुले घाँटी रेटी बुवाकाे हत्या

दाङ : एक छोराले बुवाको हत्या गरेका छन्। शान्तिनगर गाउँपालिका-३ बेलडाँडाका १९ वर्षीय गोपाल मगरले ६३ वर्षीय बुवा कर्णबहादुर मगरको घरमा तरकारी काट्ने चक्कुले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बुधबार दिउँसो  करिब १ बजेतिर  गोपालले आफ्नै घरको आँगनमा बुवाको घाँटी रेटेर हत्या गरेका छन्। प्रहरी चौकी चिराघाट र इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले गोपाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।