विराटनगरमा एमसीसीबारे जनमत संग्रह : विपक्षमा १६९, पक्षमा २७

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियू क्रान्तिकारीले विराटनगरमा एमसीसीबारे सडकमै जनमतसंग्रह गरेको छ । विराटनगरको ट्राफिक चौकमा आयोजित जनमतसंग्रहमा २ सय २५ जनाले मतदान गरेका थिए । स्थानीयलाई ‘एमसीसीबारे सडक जनमत संग्रह’ मतपत लेखिएको मतपत्रमा यथास्थितिमा एमसीसी पास गर्ने एउटा कोठा र पास नगर्ने भन्ने अर्को कोठा राखेका मतपत्र दिइएको थियो ।
मतदानमा सहभागीहरुमध्ये १६९ जनाले यथास्थितिमा एमसीसी पास नगर्ने मत जाहेर गरेको निर्वाचन अधिकृत पशुपति नेपालले बताए । यस्तै यथास्थितिमा एमसीसी पास गर्नुपर्छ भन्ने २७ जनाले मत जाहेर गरेका छन् । २९ मत बदर भएको नेपालले बताए ।