आमा बेसराले पाइन् घर

मेचीनगर । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मोती बेसराले घर पाएकी छन् । विपन्न बेसराका लागि युनाइटेड युथ क्लबले मेचीनगर-७ मा करिब १ लाख ७० हजारको लागतमा घर निर्माण गरिदिएको हो । घर हस्तान्तरण कार्यक्रममा प्रमुख आथिति नेपाली काँग्रेसका क्षेत्र नं १ सभापति इन्द्र बुढाथोकी, मेची अभियानका संयोजक बिजय डालमिया, नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरु, नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सभापति मणिकुमार उप्रेती, महाअधिवेसन प्रतिनिधि तेजप्रसाद चौलागाईलगायतको उपस्थिति रहेको थियो । घर निर्माण समितिका संयोजक कञ्चन बरालले स्वागत मन्तव्य राखेका थिए भने क्लबका अध्यक्ष चन्दन गौतमको अध्यक्षता रहेको थियो ।