रोटरीको तालिम सुरु

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा बुधबारबाट मेचीनगरमा दुई दिवसीय ‘इसिडी एन्ड मन्टेश्वरी बेस्ट टिचर्स ट्रेनिङ’ सुरु भएको छ ।

मेचीनगर-१५ स्थित ज्ञानदिप तथा डिगेन प्राविका शिक्षकहरुलाई लक्षित गरेर तालिम सुरु गरिएको रोटरी क्लब अफ मेचीनगरका सदस्य आयुष्मान निरौलाले जानकारी दिए ।

क्लबका अध्यक्ष किशोरकुमार (कपिल) क्षेत्रीले कार्यक्रमको सभापतित्व ग्रहण गर्दै सहभागी सबैलाई स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । मेचीनगर-१५ स्थित ज्ञानदिप प्राविमा सुरु तालिमको उद्घाटन प्रमुख अतिथि मेचीनगर-१५ का वडाध्यक्ष राजन भट्टराईले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर-१५ का वडाध्यक्ष राजन भट्टराई, रोटरी क्लब अफ काँकरभिट्टाका युथ कोर्डिनेटर रविचन्द्र नेपाल र रोटरी क्लब अफ मेचीनगरका प्रेसिडेन्ट नोमिनी सविता भण्डारी भेटवाल, प्रधानाध्यापक अञ्जु खनाल लगायतले बोलेका थिए ।