एउटा जनप्रतिनिधि जो साँच्चै जनताकै थियो !

उ साँच्चै जनताकै जनप्रतिनिधि थियो, जनतासँगै सधै हुन्थ्यो अनि सधै जनताकै पक्षमा काम गथ्र्यो उनी अर्थात त्यो बेलाका जनप्रतिनिधि देबीप्रसाद काफ्ले । तत्कालिन महारानीझोडा गाउँ पञ्चायत र गाविसका अध्यक्ष जो साँच्चैका जनप्रनिनिधि थिए ।
जबजब स्थानीयतहको निर्वाचनको चर्चा हुन थाल्छ मेरो त्यो समयको बाल मानसपटलमा एउटा मान्छे बसेको थियो अर्थात उसको जनमूखि काम जो आजका दिनमा पनि उत्तिकै बसेको मनमा पनि । देबीप्रसाद काफ्ले स्पष्ट र प्रष्ट मान्छे । भुइँ मान्छेका पक्षधर सधै सत्य, न्याय र समानताको पक्षमा सत्तिशालझै ठिङ्ग उभिने मान्छे । अक्सर निर्वाचनमा उठेर जित्नेहरु सबै जनप्रतिनिधनै हुन्, सबैलाई जनप्रतिनिधनै भन्ने गरिन्छ र सबैले आफुलाई जनप्रतिनिधिनै पनि भन्छन् तर यस्ता साँच्चैका जनप्रतिनिधि धेरै कमनै हुन्छन् जो साँच्चैका जनप्रतिनिधि भएर जनताको मनमा बसेका हुन्छन् । आज देबिप्रसाद काफ्ले भौतिकरुपमा छैनन् तर जसजसले देबीप्रसाद काफ्लेलाई आफ्ना जनप्रतिनिधिका रुपमा देखे र भोगे मलाई त लाग्छ उनलाई नसंझने कमै होलान किनकी देबीप्रसाद काफ्ले आवाजविहिनहरुका आवाज थिए अनि जनताकै सेवक हँ भनेर लाग्ने एक ईमानसहितको राजनीतिकर्मी थिए ।

उ बेलाको महारानीझोडा जति बेला पञ्चायतकाल थियो । बामपंथी विचार र आस्था राख्नेहरुले धेरै सास्ती खेप्नु परेको थियो तर जनपक्षीय प्रधानपञ्चका रुपमा जितेका देबीप्रसाद काफ्लेले कहिल्यै पनि आफ्नो जनपक्षीय यात्रालाई दायाँबायाँ हल्लन दिएनन् अन्यायका बिरुद्ध सडकमै आएर प्रतिवाद गर्न कहिल्यै डराएनन् ।आज तत्कालिन महारानीझोडा र गौरादह क्षेत्रका देबीप्रसाद काफ्ले पछिको पिढिका युवाहरु बिभिन्न तहमा जनप्रतिनिधिकै रुपमा सांसद र मन्त्री बने तर सत्य अलिक तितो भए पनि भन्नै पर्छ उनीहरु जनता भन्दा आफ्ना निकट मान्छेहरुप्रति निकट बन्न पुगे । गौरादह क्षेत्रका धेरै युवाहरु अहिले एमालेका नेताछन् , मन्त्री र सांसद पनि बने मैले देखेको र भोगेको कुरा भन्नु पर्दा दीपक कार्की मात्रै त्यस्ता एक जनप्रतिनिधि बने जसले देबीप्रसाद काफ्लेको बाटो समाते बाँकीले देबीप्रसाद काफ्ले र उनको साँच्चैको जनप्रतिनिधिको यात्रालाई निरन्तरता दिए जस्तो लाग्दैन । मैले यो संक्षिप्त लेखमा कसैलाई केही भन्नु भन्दा पनि एक कर्मठ, ईमानदार र जुझारु जनपक्षीय जनप्रतिनिधि देबीप्रसाद काफ्लेलाई सस्मरण गरेको मात्र हुँ ।जबजब स्थानीय तहको निर्वाचनको माहौल शुरु हुन्छ , जनप्रतिनिधिहरुको छनौटको कुरा चल्छ त्यो बेला म देबीप्रसादहरुलाई नियाल्ने गर्छु । देबीप्रसाद काफ्लेहरुलाई खोज्ने गर्छु जो साँच्चै जनताका लागि काम गर्ने जनप्रतिनिधि थिए जो साँच्चै जनताका प्रतिनिधि थिए !अन्त्यमा यो संक्षिप्त लेख मार्फत आदरणीय देबीप्रसाद काफ्लेलाई भौतिक रुपमा उहाँ हामी माझ नरहेपनि मनमा राखेर मनले सम्मान र श्रद्धासुमन!चौतारी पोष्ट अनलाइन