जसले महाकालीको पानी मेचीमा ल्याएर बगाए

मेचीनगर । एमालेका एक कार्यकर्ता जसले आफ्नो पार्टीको जितका लागि महाकालीको पानी मेचीमा ल्याएर बगाएका छन् । मेचीनगर-६ काँकरभिट्टाका ७५ वर्षीय नरेन्द्रप्रकाश सिटौलाले जनताको पार्टी एमाले मात्रै भएको भन्दै महाकालीबाट पानी ल्याएर मेचीमा बगाएका हुन् ।

पछिल्लो समय रुस र युक्रेनको युद्धसँगै नेपालमा पनि त्यसको असर परेको र देशमा शान्ति समृद्धिको कामनासहित युद्ध अन्त्य र आसन्न निर्वाचनमा देशभर एमालेको जितको कामना गर्दै आफुले उक्त पानी मेचीमा ल्याई बगाएको बताए ।

गत चैत १८ गते झापाबाट काठमाडौँ हुँदै महाकाली पुगेका उनले महाकालीको पानी ल्याएर काठमाडौँस्थित पशुपतिनाथको पूजाआजा गरेर पूर्वी सिमानास्थित मेची नदीमा ल्याई बगाएको बताए । २०२० सालदेखि कम्युनिस्ट पार्टीको सदस्यता लिएका सिटौला हाल मेचीनगर वडा नम्बर ६ का मेलमिलाप समितिको संयोजक समेत छन् ।