नेकपा एसलाई सम्मानजन स्थान नदिए एक्लै चुनाव लड्छौं– खतिवडा

शिवसताक्षी । नेकपा (एकीकृत समाजबादी)का केन्द्रिय उपमहासचिव तथा प्रबक्ता जगन्नाथ खतिवडाले स्थानीयतहको निर्बाचनामा गठबन्धनमा आफ्नो पार्टीलाई सम्मान जनाक स्थान नदिए एक्लै चुनाबमा भाग लिने बताएका छन् ।

सोमबार झापाको दुधेमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रबक्ता खतिवडाले गठबन्धनले प्रत्येक पालिकामा प्रमुख पदमा कांगे्रस र माओबादी केन्द्रले मात्र पाउनुपर्ने दम्ब देखाए आफ्नो पार्टी एक्लै भए पनि चुनाबमा भाग लिने बताए ।

आसन्न स्थानियतहको निर्बाचनलाई लक्षित गरि आयोजना गरिएको सो कार्यक्रममा प्रबक्ता खतिवाडाले शिवसताक्षीमा नेकपा एसले प्रमुख पद पाउनुपर्ने जिकिर गरे । शिवसताक्षीको हकमा प्रमुख पदको लागी नबिन इजमको बिकल्प नभएको समेत उदघोष गरे । यस बिषयमा शिर्ष नेताहरुसंग छलफल भइरहेकोले सबै कार्यकर्ताहरुलाई धर्य गरि पार्टीलाई जिताउन आग्रह गरे ।

फरक प्रशंगमा उनले नेकपा एमालेमा ओली प्रवृत्ति हाबी भएको र निरङकुस तर्फ उन्मुख हुन थाले पछि आफुहरुले बिद्रोह गर्नु परेको स्मरण गराए । अहिले नेकपा एस पार्टी केन्द्र सरकारमा सहभागी छ भने प्रदेश १ र बागमती प्रदेशको सरकार प्रमुखको नेतृत्व गरिरहेको अवस्थामा छ । अव असन्न स्थानीय तहको पनि नेतृत्व गर्ने अवसर एस पाटीलाई जनताले दिनुपर्ने प्रबक्ता खतिवडाले बताए ।

कार्यकर्ता भेलालाई केन्द्रिय सदस्य तथा झापा इन्चार्ज इन्द्र बुढाथोकी, केन्द्रिय सदस्य तथा झापा सह इन्चार्ज निलमणी बराल, पोलिटब्यूरो सदस्य भास्कर काफ्ले लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमका सभाध्यक्ष समेत रहेका पार्टीका नगर अध्यक्ष नबिन इजमले आफु नगरको नेतृत्व गर्न सक्षम रहेको उद्योष गरे । आफुले ५ बर्ष वडाध्यक्षको जिम्मेवारी निर्बाह गर्दा धेरै अनुभब हासिल गरेको बताए ।

यदि आफुले नगर प्रमुखको नेतृत्व गर्ने अवसर पाएमा नगरमा स्वस्थ्य, शिक्षा, बिद्युत, खानेपानी ,सडक संजालको लगायत जनताको आधरभूत आवश्यताको पहँुचमा सबै नागरिकलाई पुर्याउने प्रतिबद्धता जनाए । भेलामा एक हजार भन्दा बढी कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।