सुन चाेरेकाे भिडियाे भाइरल बनेपछि पाेखरामा एमालेले खाेस्याे पाैडेलकाे टिकट, थापालाई माैका

नेकपा एमालेले पाेखरा महानगरपालिकाकाे मेयरका लागि दीपक पाैडेललाई हटाएर कृष्ण थापाकाे नाम अघि सारेकाे छ । सुन चाेरेकाे सम्बन्धी भिडियाे भाइरल बनेपछि पाैडेलकाे टिकट खाेसिएकाे हाे । एमालेकाे केन्द्रीय सचिवालयले शनिबार साँझ पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेकाे थियाे । लगत्तै सामाजिक सञ्जालमा पाैडेलले सुन चाेरेकाे दाबीसहितकाे भिडियाे भाइरल बनेकाे थियाे ।

सार्वजनिक भिडियाेमा एक सुनचाँदी पसलमा एक पुरुष र दुई महिला ग्राहकजस्ता देखिन्छन् । पुरूषले सुनको सिक्री खल्तीमा हाल्दै गरेको फुटेजमा देखिन्छ । उक्त व्यक्ति एमालेले मेयरकाे उम्मेदवार बनाएका पौडेल भएको भन्दै भिडियाे भाइरल बनाइएकाे थियाे । भिडियाे भाइरल बनेपछि एमालेले पाैडेललाई दिएकाे टिकट खाेस्ने निर्णय गरेकाे हाे । एमालेका तर्फबाट पोखराकाे प्रमुखमा कृष्ण थापा र उपप्रमुखमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाइने निर्णय भएकाे प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ले जनस्तरबाट नै उम्मेदवार परिवर्तन गर्नुपर्ने कुरा आएकाे बताए । उनले शिलापत्रसँग भने, ‘पाेखरामा मेयरकाे उम्मेदवार फेर्नुपर्छ भन्ने कुराे जनस्तरबाट आएकाे हाे ।’ एमालेका उपमहासचिव विष्णु रिमालले पनि पाेखरामा मेयरकाे उम्मेदवार परिवर्तन भएकाे बताए । ‘हिजैदेखि उम्मेदवार फेर्नुपर्छ भन्ने कुरा आइरहेकाे थियाे’, उनले भने, ‘फेरियाे हाेला ।’ थापा पाेखराका पूर्वमेयर हुन् । उनी अहिले प्रदेश सांसद छन् । यसअघि उनी कास्की एमाले अध्यक्ष भएर पनि काम गरेका थिए । उनी खगराज अधिकारी निकट मानिन्छन् ।

यसैबीच थापाले पनि पाैडेलबाट टिकट खाेसेर आफूलाई दिइएकाे प्रष्ट पारेका छन् । उनले बिहान ११ बजे मनाेनयन दर्ताका लागि जाने भन्दै जम्मा हुन कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । ‘नेकपा एमाले पोखरा महानगरका उम्मेदवारहरूको उम्मेदवारी दर्ता गर्नको लागि आज वैशाख १२ गते दिनकाे ११ बजे जिल्ला पार्टी कार्यालय कास्कीमा जम्मा भई निर्वाचन कार्यालय जाने कार्यक्रम भएको हुँदा नेता, कार्यकर्ता, शुभेच्छुक सम्पूर्णमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु’, उनले फेसबुकमा लेखेका छन् । शिलापत्र