नेपाली काँग्रेसबाट केशवराज पाण्डे मेचीनगर प्रमुखको उम्मेद्वार

मेचीनगर : नेपाली काँग्रेस प्रदेश १ ले झापा मेचीनगरको प्रमुखमा केशवराज पाण्डेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । पाण्डे नेपाली काँग्रेस झापा जिल्ला उपसभापति हुन् । पाण्डेलाई नेपाली काँग्रेसले गत प्रदेशको निर्वाचनामा क्षेत्र नंं १ क को प्रत्यक्ष तर्फको उम्मेद्वार बनाएको थियो तर उनी नेकपा एमालेका श्रीप्रसाद मैनाली सँग पराजित भएका थिए ।

उद्धव थापा सभापति रहेको नेपाली काँग्रस प्रदेश १ समितिले पाण्डेलाई उम्मेद्वार बनाउने निर्णय गरेपछि काँग्रेसमा बिचलन पैदा भएको छ ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर समेत रहेको मेचीनगरमा नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको हस्तक्षेप भयो भनेर नेपाली काँग्रेसको एक खेमामा असंतुष्टी चुलिएको छ । पाण्डेको उम्मेद्वारीलाई नै सदर गर्ने वा परिवर्तन गर्ने भन्ने विषयमा नेपाली काँग्रेस केन्द्रीय समितिमा छलफल भइरहेको नेपाली काँग्रेसका एक स्थानीय नेताले  बताए ।