सत्ता गठबन्धनको निणर्य—स्थानीयस्तरमा गठबन्धन बाहेकका दलसँग भएका तालमेल खारेज गर्ने निर्णय

काठमाडौ ।
सत्ता गठबन्धनले स्थानीयस्तरमा गठबन्धन बाहेकका दलसँग भएका तालमेल खारेज गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो यस्तो निणर्य गरेको हो ।

विभिन्न स्थानीय तहमा एमालेसँग काँग्रेस, माओवादीलगायतका पार्टीले तालमेल गरेको समाचार सार्वजनिक भएका थिए । गठबन्धनको बैठकपछि जारी विज्ञप्तीमा ॉगठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने निणर्य गरेको जारी विज्ञप्तिमा रहेको छ ।