जनताको विद्यालयमा पाँच वर्ष पढ्ने अवसर पाएँ ,पास भएँ अब प्रथम हुन्छु-ललित तामाङ्ग वडा अध्यक्षका उम्मेद्वार

तपाईँको उम्मेदवारी किन ?

जनताको बिध्यालयमा पाँच वर्ष पढ्ने अवसर जनताले दिनुभयो । मलाई लाग्छ जनताको बिध्यालयबाट मैले प्रथम हुन सकिन तर पास भने भएँ अब प्रथम हुन चाहान्छु र बिध्यालयको नाम राख्न चाहान्छु । अर्थात ५ वर्षमा मेरा आदरणीय वडावासीले दिनु भएको जिम्मेवारी र विश्वासलाई गर्व गर्न लायक बनाउन नै यसपटक मेरो उम्मेदवारी हो ।

यो पाँच वर्षमा तपाईलाई मेचीनगर ६ का जनताले पास गराए ?

मैले सत्य भन्नु पर्छ म प्रथम हुन कोसीस गरेँ, आउने दिनमा मेरो प्रयास निरन्तर रहन्छ तर पास भनेँ म भएको हुँ ।र, अब आउने दिनमा प्रथम नै हुन्छु । यदि तपाईँलाई मैले बनावटी कुरा गरेको जस्तो लाग्छ भने जानुहोस वडावासीलाई सोध्नु होस उहाँहरुले भन्नु हुन्छु ललित पास भयो कि फेल भयो भनेर ।

तपाईँ आफुले आफैलाई मूल्याङ्न गर्दा सफल , थोरै सफल वा असफल के भन्नु हुन्छ ?

यो मैले भन्ने कुरै आउँदैन आज म जहाँ छु यसको सबै भन्दा शीर भनेको मेरा वडावासी दाजुभाई र दिदि बहिनीहरु हुनुहुन्छ जसले मलाई विश्वास गरेर यहाँ सम्म पु¥याउनु भएको छ , जसको साथ र सहयोगले आज म यहाँ छु अनि म कसरी आफैले आफैलाई म यस्तो छु भनेर मूल्याङ्क गरौँ यसको मार्कसिट दिने पनि उहाँहरु नै हो ।

गएको निर्वाचनका भन्दा पनि मिठा नारा होलान है यसपाली ?

न हिजोका दिनमा मैले मिठा नारा लगाएँ न आज नै लगाउँछु । जे भन्छु त्यो पुरा गर्न हरसंभव प्रयास गर्छु मतदातालाई मत तान्नका लागि नहुने कुरा भन्नु भनेको अपराध हो पाप हो ललित तामाङ्ग प्रलोभन बाढ्ने कल्पना पनि गर्दैन । जे हो सत्य त्यो भन्छु जे होइन त्यो भन्दिन ।

यसपटक जनताको बिध्यालयमा पढ्ने अवसर मिल्छ ?

मेरा शिक्षक पनि जनता, प्रध्यानाध्यापक पनि जनता, परिक्षा पनि जनताले लिन्छन् नम्बर पनि जनताले दिन्छन् फेरि म अघिकै कुरा एक पटक यहाँलाई भन्छु जानुहोस गएर सर्वे गर्नुहोस जनता के चाहान्छन् ललित फेरि जनताको स्कूलमा पढेर प्रथम होस भन्छन् कि वा अर केही यसको फैसला गर्ने काम पनि जनता अर्थात मेरा आदरणीय वडावासीकै हातमा छ । चौतारी पोष्ट