लिङ्देनको प्रश्नः काँग्रेस, एमाले, माओवादीलाई कति वर्ष दियो भने देश बन्छ ?

काँकरभिट्टा । राष्ट्रिय प्रजातनत्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले भने अब काँग्रेस, एमाले, माओवादीलाई कति वर्ष दियो भने देश बन्छ ? तर बन्दैन । उनीहरुलाई सुधार्न बैशाख ३० गते जनताको मतले मात्र सुध्रिन्छन् ।

बुधबार स्थानीय तहको निर्वाचन प्रचार प्रसार कार्यक्रमलाई संवोधन गर्दै लिङ्देनले नेता र पार्टी जति गलत छन्, त्यो भन्दा मतदाता कम छैनन्, त्यसका लागि बैशाख ३० गते उनीहरुको मत पेटिका खाली गरेर सच्याउन आग्रह गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरको चुनावी अभियान अन्तर्गत काँकरभिट्टास्थित हनुमान मन्दिरको परिसरमा आयोजित चुनावी सभाका प्रमुख अतिथिको आसनबाट लिङ्देनले ठूला पार्टीका नेताहरुले ठूलो धन रासी विकासका नाममा विभिन्न मुलुकबाट भित्रयाएका छन् । उनले भने त्यो ऋण तिर्न आम्दानी खोइ ? त्यसकारण देश दुर्गतीतर्फ धकेली रहेको दावी गरे ।

ठूलो आँट र विश्वासका साथ राप्रपा जनताको माझ आएको छ । नेताले सच्चिन चाहेनन् अब उनीहरुलाई सच्याउने तागत बैशाख ३० गते तपाईँ जनताको हातमा छ । त्यसका लागि तयार हुनुको विकल्प छैन । परिर्वतन सम्भव छ, हाम्रै पालामा भन्ने मुल मन्त्र लिएर मैदानमा उत्रिएको राप्रपाले भ्रष्टचार गर्नु भनेको आफ्नै आमाको रगत खानु हो भन्ने कसम खाएको छ ।

कोण सभामा हजारैको संख्यामा उपस्थित आम नागरिकले लिङ्देनको संवोधन र प्रतिवद्धता प्रति सर्मथन जनाएका थिए । राप्रपाका तर्फबाट मेचीनगर नगरनगरपालिकाका मेयरका प्रत्यासी उम्मेद्वार रमेश दाहाल, उपप्रमुखका उम्मेद्वार सबिना बजगाइँ र पार्टीका विभिनन तहका नेताहरुको उपस्थिति रहेको थियो ।

राज्यले दिने सुविधा जातको आधारमा होइन गरिबले पाउनु पर्छ, हिन्दु धर्मको रक्षा लगायतका महत्वपूणर् एजेन्डा बोकेको पार्टी प्रति नागरिक समाजको मौन सर्मथन मात्र होइन सर्वसाधारण नागरिकको समेत आर्कषण बढ्दै गएको छ । मेयरका प्रत्यासी रमेश दाहालका अनुसार राप्रपाले झापाका सबै पालिकामा उम्मेद्वार उठाएको छ । उनले भने – जनलहर राप्रपा प्रति बढेको छ । पार्टीले चुनावी मैदानमा भ्रमपूणर् एजेन्डा बेचेका छैनौँ । जे सम्भव छ त्यही एजेन्डा लिएर जनताको घर आगनमा गएका छौँ ।