मेचीनगर: मेयरमा काँग्रेसकाे अग्रता कायम

मेचीनगर, बैशाख ३१ । मेचीनगर नगरपालिकामा मेयरमा नेपाली काँग्रेसले अग्रता कायम राखेकाे छ । १२८ मत गणना हुँदा काँग्रेसका मेयर उम्मेद्वार ईन्द्र बहादुर बुढाथाेकीले ५६ मत प्राप्त गर्नु भएकाे छ । मेयरका एमाले उम्मेद्वार गाेपाल बुढाथाेकीले ४९ मत प्राप्त गर्नु भएकाे छ । राप्रपाका रमेश दाहालले १३ मत प्राप्त गर्नु भएकाे छ । त्यस्तै उपमेयरमा एमालेले अग्रता कायम गरेकाे छ । एमालेका उपमेयरका उम्मेद्वार मिना उप्रेतीले ४९ मत पाउनु भाकाे छ । माओवादीका उपमेयरका उम्मेद्वार प्रकाश भण्डारीले ३५ र राप्रपाका उपमेयरका उम्मेद्वार सविना बजगाईले २३ मत पाउनु भएकाे छ । अहिले वडा नं १ काे गणना भईरहेकाे छ ।