मेचीको नदिजन्य पदार्थमा भारतको तस्करी, सरोकारवाला बेखबर

मेचीनगर । पूर्वीनाका नेपाल-भारतको सीमावर्ती मेची नदीबाट भारतीय पक्षले नेपाली भुभागबाट दैनिक सयांै ट्याक्टर ढुंगा, गिट्टी र बालुवा उत्खनन् हुँदा सरोकारवाला बेखबर छ ।

मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिका क्षेत्रबाट दैनिक ठुलो परिणाममा भारतले तस्करी गरिरहेको छ । नेपाल सरकारले असार १ गतेबाट भदौसम्म नदीजन्य वस्तु निकाल्न निषेध गरेपछि एक लौटी दोहन गरिरहेको स्थानियको गुनासो छ । भारतले नदी दोहन गर्दा नेपाली पक्ष भने बेखर छ । नेपाली भुभागमा भारतले गरेको नदी दोहनको बिषयमा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल बेखबर छन् । टेलिफोन सम्पर्कमा प्रजिअ रिजालले भने- आफूलाई उक्त विषयमा जानकारी नभएको र दोहन भएको रहेछ भने, प्रहरीलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाउने बताए ।

नेपाल-भारतको सीमावर्ती मेचीपुलको आसपासबाट भएको करोडौको सम्पत्ती लुटिरहँदा पनि नेपाल पक्ष कानमा तेल हालेर बस्नुले गैरजिम्मेवार देखिन्छ । संघिय, प्रदेश र स्थानीय सरकारले चासो देखाएको छैन । नदि दोहनका बिषयमा मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले भने नेपाली भु-भागबाट अवैधानिक उत्खनन् गरेको भेटिएमा अनुगमन गरेर तत्कार रोक्ने काम गर्दछौ । जसका कारण नेपालतर्फका किसानले पानीको अभाव भोग्दै आएका छन् ।