प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घरअगाडि शंकास्पद बस्तु फेला

झापा । प्रदेश नम्बर १ का पूर्वमन्त्री एवं नेकपा एमालेका नेता हिक्मत कार्कीको घरअगाडि शंकास्पद बस्तु फेला परेको छ ।

झापास्थित गौरादहमा रहेको कार्कीको घरअगाडि बाटोको पेटीमा कुकर देखिएको हो ।

शुक्रबार बिहान ५:३० बजे कुकर देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

कार्कीले कसले किन उक्त कुकर राखेको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको र सेनाले निस्कृय पार्ने बताएका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले शंकास्पद बस्तु फेला परेको जानकारी आएकोले नेपाली सेनाको टोलीलाई पठाइएको बताए ।

‘शंकास्पद बस्तु फेला परेको छ । नेपाली सेनाको डिस्पोजल टोली पुगेको छ, त्यो के बस्तु हो बुझेर निस्कृय पार्नेछ,’ उनले भने ।