काँकरभिट्टामा लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (फोटोे फिचर)

मेचीनगर । मेचीनगर लागूऔषध दुरुपयोग तथा ओसार पसार नेपालका लागि पनि चुनौतिपूणर् बन्दै गएको सरोकारवाहरुले बताएका छन् ।

लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६ को सन्र्धममा मmापाको काँकरभिट्टामा आयोजित कार्यक्रममा सरोकारवाला क्षेत्रका अगुवाहरुले समस्याको रुपमा रहेको लागुऔषध दुरुपयोगको समस्या लाई राज्यले दिगो नियन्त्रण र मानव चेतनाका लागि ठोस कदम चाल्नु पर्नमा जोडदिएका छन् ।

औपचारिक रुपमा हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रुपमा मनाउने निणर्य संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेखलाई मान्दै संसार भर आजकै दिन कार्यक्रम गर्ने चलन छ । मनाइदे आएको छ । यस दिनलाई लागु औषधको असर र कारोवारबाट मानव समुदायलाई मुक्त गर्नु हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको आयोजना र मेचीनगर नगरपालिकाको सहकार्यमा सामुदायिक भवनमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोले देशका चार नाका मध्ये लागूऔषधको कारोबार तथा प्रयोग कर्ताको संख्य पछिल्लो समय काँकरभिट्टा नाकामा बड्दै गएको तथ्याक सार्वजनिक गरेका थिए ।

नेपालका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज र भैरहवानाका पछिको लागुपदार्थ कारोबारी अहिले काँकरभिट्टा नाकामा सक्रिय भएको जानकारी गराएका थिए । महत्तोले लागूऔषधका प्रकार, त्यसबाट हुने हानी नोक्सानी तथा समाजलाई पुग्ने असरका बारे जानकारी गराउँदै थोरै समयमा धेरै पैसो कमाउने सपना सँगै नशाको लतले देशका कणर्धार यूवाहरुको भाग्य भबिस्य तहस नहस बनाएको प्रहरी नायव उपरीक्षक महत्तोको भनाई छ ।

लागूऔषध समस्या र अन्तरनिहित चुनौतीको तुलनामा सरकारका प्रयासहरु पर्याप्त नहुनु र खुल्ला सिमानाका कारण पनि यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतिपूणर् रहदै आएको वक्ताहरुको भनाई थियो । भौगोलिक परिस्थिति, खुल्ला सिमानाले पनि लागुऔषध दुरुपयोग र ओसारपसारको समस्या चुनौतीपूणर् थप बन्दै जान सक्ने प्रति चनाखो रहन आग्रह गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम राईले यो बिकराल बन्दै गएको लागुऔषधको समस्य नागरिक समाजक सँगै सबै वर्ग र तहको उल्लेखिय सहभागिता र दाहित्वबोध हुनुपर्नेमा जोड दिएका थिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, विद्यार्थी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि, सञ्चारकर्मी, अधिकारकर्मी, उद्योगी व्यवसायीलगायतको सहभागितामा स्थानीय लक्ष्मीनारायण मन्दिर परिषरबाट विभिन्न चेतनामुलक प्लेकार्ड, ब्यानरसहित काँकरभिट्टा बजारको परिक्रमा पश्चात मेची सामुदायिक भवनमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, निवर्तमान नगरप्रमुख विमल आचार्य, मेचीनगर वडा नं ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, समुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकाललगायतले आफ्नो धारणा राखेका थिए । मेची सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बुद्धीनाथ पौडेलको सभापत्तित्व मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालको स्वागत तथा सीमा प्रहरी चौकी नकलबन्दाका प्रहरी नायव निरीक्षक मानबहादुर मिश्रको सञ्चालन रहेको थियो ।