रणवीर कपुरलाई मनपर्ने अभिनेत्री अनुष्का शर्मा

बलिउड अभिनेता रणवीर कपुर यतिबेला चर्चामा छन् । उनका फिल्महरू एकपछि अर्को गर्दै हिट भइरहेका छन् । उनका फिल्मका ट्रेलरहरू एकपछि अर्को गर्दै आइरहेका छन् ।

हालै फिल्म ‘ब्रह्मास्त्र’को ट्रेलर सार्वजनिक भएको छ । आगामी फिल्मले रणवीरको छवि बदल्ने बताइएको छ । तर, योबीचमा रणवीर कपुर फिल्मका कारण नभई अलग कारण चर्चामा छन् ।

हालै उनले अन्तर्वार्तामा केही भनेका छन्, जसका कारण उनको सर्वत्र वर्चस्व छ । रणवीर कपुरलाई सोधियो, ‘तपाईंको मनपर्ने अभिनेताको हुन् ?’

उनले आफूलाई मनपर्ने सौरभ शुक्ला भएको बताए । आफूलाई मनपर्ने अभिनेत्री अनुष्का शर्मा भएको बताए । ‘हामी दुवै असल साथी हौँ, अक्सर हामी दुवै झगडा गर्छौं,’ रणवीरले भने ।

उनी फिल्म ‘ब्रह्मास्त्र’मा आलिया भट्ट र फिल्म ‘शमशेरा’मा सञ्जय दत्तको अपोजिटमा देखिनेछन् ।