आज पूर्वप्रधानमन्त्री आबेको निधनप्रति राष्ट्रिय शोक मनाइदै

नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा यही असार २५ गते आज राष्ट्रिय शोक मनाउने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबार आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । बैठकले पूर्वप्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भत्सर्ना गरेको छ ।

नेपाल सरकारले उहाँको उनको प्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र स्व आबेको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।