अमेरिकामा नेपाल-आइटी संवाद

छलफलमा सहभागी आइटी विज्ञहरूसंग काँग्रेस महामन्त्री शर्मा ।छलफलमा सहभागी आइटी विज्ञहरूसंग काँग्रेस महामन्त्री शर्मा ।

झापा, असार २६ । नेपालमा प्रविधिकाे विकासमा नविनतम प्रयाेग गर्ने सम्बन्धमा अमेरिकामा रहेका विज्ञहरूसंग नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले छलफल गर्नु भएकाे छ । अबको दशकको नेपालमा आइटिमा व्यापक पहुँच, सुरक्षा र लाखौं रोजगारी सृजनाको मार्ग चित्र कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा अमेरिकाको क्यालिफोर्निया राज्यको `सिलिकन भ्याली´ मा ९ जुलाई शनिबार बिहान एक बिशेष बैठक सम्पन्न भएको हाे l

अमेरिका भ्रमणबाट नेपाल फर्किने दिन पारेर काँग्रेस महामन्त्री शर्माको निमन्त्रणामा गुगल, एप्पल, फेसबुक, अमेजन, माइक्रोसफ्ट लगायत विश्वप्रसिद्ध संस्थाकालागि कार्य गरिरहेका करिब एक दर्जन आइटी बिज्ञ र आइटी प्रोफेसनल युवाहरुसँग सूचना र प्रविधिमा नेपालको आजको अवस्था र आगामी संभावनाबारे महत्त्वपूर्ण छलफल भएको थियो l

मातृभुमि नेपालका लागी सान्दर्भिक दृष्टी र परियोजना निर्माण गर्न बैठकमा सहभागी र सहभागीहरु मार्फत सम्बद्ध क्षेत्रलाई आग्रह गरियो l राजनैतिक द्वन्द्व र आग्रह भन्दा पर रहेर प्रविधिको क्षेत्रमा साझा ढंगले कार्य गर्न सकिने, गैह्र आवासीय नेपाली नागरिकता प्रक्रियामा गएको अवस्थामा सुरक्षीत ढंगले लगानी गर्न सकिने अलावा प्रविधिको प्रयोग र विकासमा नेपाल तीब्र गतिमा अघि बढ्ने हो भने नितिगत निरन्तरताको सुनिश्चितताको आवश्यकता सहभागीले औंल्याएका थिए l

सिलिकन भ्यालिको आइटिमा कार्यरत बिज्ञ युवाहरुसँगको छलफलमा काठमाडौबाट प्रधानमन्त्री शेरबहादुर देउवाका आइटी बिज्ञ इन्जिनियर दिपेश बिष्ट, अमेरिकामा रहेका नेपाली परमाणु बैज्ञानिक डा यादव पण्डित तथा डा देशराज संयोक लिम्बु जुम मार्फत सहभागी भएका थिए l