नेपाल टी–ट्वान्टी लिग सर्‍यो

झापा । प्रदेशको चुनावका कारण सुरक्षा दिन व्यवस्था नहुने भएपनि नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करण सरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार पहिलो संस्करणको प्रतियोगिताको मिति सारिएको जनाएको छ ।

क्यानले लिगको नयाँ मिति घोषण गरेको छैन् । आगामी मंसिरमा हुने निर्वाचनसम्म लिग सरेको क्यानले जनाएको छ।  यसअघि पहिलो संस्करणको नेपाल टी–ट्वान्टी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका थियो । गृहमन्त्रालयले प्रतियोगिता सार्न पत्र काटेपछि क्यानले प्रतियोगिता सारेको हो ।